National life

शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती, सर्वसाधारणलाई गन्तव्यमा पुग्नै सास्ती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
510Shares
शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती, सर्वसाधारणलाई गन्तव्यमा पुग्नै सास्ती
ncell

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमवार पनि शिक्षकहरूले बिहान ९ बजेबाट काठमाडौँका सडकमा प्रदर्शनमा उत्रिएका हुन्। २० औँ दिनसम्म आन्दोलन गर्दा पनि माग पुरा हुने छाँट नदेखिएको भन्दै आन्दोलन अझै कडा पार्दै ९ बजेदेखि नै आन्दोलन सुरु गरेको महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

कार्यालय समय अगावैदेखि सडक आन्दोलन गरेका कारण कार्यालय आवतजावत गर्ने गर्ने सर्वसाधारण समेत मर्का परेको छ । यसअघि शिक्षकहरूले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । विद्यालय शिक्षा ऐन जारी हुनुपर्नेलगायत उनीहरूको माग छ । शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर काठमाडौँमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेष गरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानुपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?