काठमाडौँ । नेपाल शिक्षक महासंघको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको छ । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान एक जना शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए ।
प्रदर्शन गरिरहेका शिक्षकहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।
त्यसपछि शिक्षकहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीको जिम्मामा लगाउनुअघि शिक्षकहरूले उनीलाई सामान्य कुटपटि गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि समेत शिक्षकहरू उनीमाथि झम्टिन पुगेका थिए ।
































