काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
नेपाल शिक्षक महासंघले लगातार सडक आन्दोलन चर्काइरहेको बेला उनको राजीनामा आएको हो ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।
आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुने जनाइएको छ ।
महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
































