National life

शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय चासो बढ्दै, विश्व बैंकको लगानी विस्तार संकेत

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.7kShares
शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय चासो बढ्दै, विश्व बैंकको लगानी विस्तार संकेत
ncell

काठमाडौँ। नेपालको शिक्षा क्षेत्र सुधार र आधुनिकीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्ने संकेत देखिएको छ। यसै सन्दर्भमा विश्व बैंकले नेपालमा आफ्नो लगानी विस्तार गर्ने रुचि व्यक्त गरेको छ।

काठमाडौँमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनबीच भएको शिष्टाचार भेटवार्तामा यस्तो धारणा व्यक्त गरिएको हो।

भेटमा शिक्षा प्रणाली सुधार, पूर्वाधार विकास र प्रविधिमैत्री शिक्षाको विस्तारबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विशेषगरी विद्यालय तहमा गुणस्तरीय पूर्वाधार निर्माण र दीर्घकालीन सुधारका लागि सहकार्य बढाउने विषयमा सकारात्मक संकेत देखिएको छ।

मन्त्री पोखरेलले सरकारको प्राथमिकता प्रस्तुत गर्दै शैक्षिक पूर्वाधार सुदृढीकरण, आधारभूत सिकाइ मजबुत बनाउने र शिक्षामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने नीति अघि बढाइएको बताए। उनले गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणमा विकास साझेदारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने स्पष्ट पारे।

भेटमा डिजिटल शिक्षामा पहुँच विस्तार, सिकाइको गुणस्तर सुधार तथा समयअनुकूल शिक्षा प्रणाली विकासका विषयमा पनि छलफल भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?