काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असार ८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यस सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै सभाले नयाँ सञ्चालक पनि नियुक्त गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।






































