काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका छन् ।
श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यंग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित बनेको भनी फेसबुकमा उल्लेख गरेका छन् ।
फेसबुक स्टाटसमा उनले लेखेका छन्, "अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।
छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन – श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।"
































