National life

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, अब २४ घण्टामै लाइसेन्स छापिने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०४ वैशाख २०८३, शुक्रबार
992Shares
सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, अब २४ घण्टामै लाइसेन्स छापिने
ncell

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र छपाइमा तीव्रता दिन निर्देशन दिएका छन् । निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए ।

उनले बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको बताएका हुन्।

Royal Enfield
nic asia capital
उनले भने, ‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ। ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ’।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले अर्बौँ खर्चेर खरिद गरिएका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको बताउँदै ती मेसिनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले पहल सुरु गरेको जानकारी दिए । केन्द्रमा रहेका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरणलाई अब प्रभावकारी रूपमा उपयोग गरिने उनको भनाइ थियो ।

उनले नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राखेर सेवाग्राहीमैत्री वातावरणमा काम गर्न केन्द्रलाई निर्देशनसमेत दिएका छन् । देशभरको इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको दाबी गरे ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता संवेदनशील सामग्री यहीँबाट छाप्न सक्ने गरी क्षमता विकास भइरहेको जानकारी दिए । उनका अनुसार हाल केन्द्रले दैनिक ४० हजार थान लाइसेन्स छापिरहेको छ । वैशाख १२ गतेभित्र थप १२ लाख र बाँकी १७ लाख थान लाइसेन्स असार मसान्तसम्म छापिसक्ने केन्द्रको योजना छ ।

यो समाचार शेयर गर्नुहोस्
992SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?