National life
cg eloctronics

सन्दीपविरुद्धको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
567Shares
सन्दीपविरुद्धको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा
muktinatha bikash bank

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।

आज (आइतबार) भएको सुनुवाइ नसकिएपछि उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज(आइतबार) सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ। पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन्। आइतबार बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जानकारी दिएको छ ।

everest bank

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?