National life

‘सबै सहकारी गलत हुन्’भनेर  ‘स्यालहुँइया’ मच्चाउने काम भएको छ: मन्त्री अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
1.1kShares
‘सबै सहकारी गलत हुन्’भनेर  ‘स्यालहुँइया’ मच्चाउने काम भएको छ: मन्त्री अधिकारी
ncell

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

आज पनौतीस्थित एक सहकारी संस्थाको स्थापना दिवसमा सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। सहकारीबाट ऋण लिएर नतिर्नेले ‘सबै सहकारी गलत हुन्’भनेर  ‘स्यालहुँइया’ मच्चाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले गलत गर्नेलाई कानुनी दायरामा ल्याइने बताए।

सहकारीमा गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालकसमेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, “केही महिनामै ६ हजार ६०० भन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेका छौँ, अब छिट्टै केही बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा छौँ।”

मन्त्री अधिकारीले समस्याग्रस्त सहकारी समाधान समिति तथा मन्त्रालयको विभागले सहकारीको समस्या समाधानार्थ काम गरिरहेको भन्दै प्रसंसा गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?