National life

सरकारद्वारा ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षलाई वार्ताका लागि पुनः आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
760Shares
सरकारद्वारा ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षलाई वार्ताका लागि पुनः आह्वान
ncell

काठमाडौँ। सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनरत पक्षलाई वार्ताका लागि पुनः आह्वान गरेको छ।यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएको अवस्थामा सरकारले आज (शुक्रबार० पुनः वार्ताका लागि आह्वान गरेको हो।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई वार्ता टोलीका संयोजक रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले वार्ता र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानका लागि वार्ताको आह्वान गरेको उनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

गत माघ २२ गतेयता वार्ता समितिले आन्दोलनरत समूहसँग संवाद गरिरहेको छ। तर, आन्दोलनरत् पक्षले कर्मचारीसँगको समितिसँग नभएर राजनीतिक नेतृत्वसँग सिधै वार्ता गर्ने अडान राखेका छन् । गृहमन्त्री रमेश लेखकले उनीहरूसँग सिधै आफू वार्ता गर्न इन्कार गरिरहेका छन्। गृह मन्त्रालयमा लेखकले ताप्लेजुङका सांसदहरूसँग छलफल समेत गरिरहेका छन्।

सरकार केबलकार जसरी पनि साकार पार्ने पक्षमा छ। त्यसका लागि उसले आवश्यक सबै उपाय अपनाउने रणनीति बनाइरहेको देखिन्छ । आन्दोलनरत पक्षले पाथीभरा मुकुम्लुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै यसलाई आफ्नो संस्कृतिसँग जोडेर आन्दोलन गरिरहेका छन्।

काफ्लेपाटीमा गत कात्तिक २४ गते केबलकार निर्माणको शिलान्यास गरिएको थियो। ताप्लेजुङको फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७५ किलोमिटर केबलकार निर्माण भइरहेको छ। यसको लागत तीन अर्ब रहेको बताइएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?