National life

सरकारद्वारा विद्युत् प्राधिकरणलाई १ अर्ब बढी भन्सार छुट, ४३ मध्येमा कुनले कति पाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
1.3kShares
सरकारद्वारा विद्युत् प्राधिकरणलाई १ अर्ब बढी भन्सार छुट, ४३ मध्येमा कुनले कति पाए ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ४३ वटा कम्पनीलाई राजस्व छुट दिएको छ। अर्थ मन्त्रालयका अनुसार यस अवधिमा कूल पाँच अर्ब रुपैयाँ भन्दा बढीको राजस्व छुट दिइएको हो । यी छुटहरू भन्सार तथा अन्य राजस्व शीर्षकअन्तर्गत प्रदान गरिएका मन्त्रालयले जनाएको छ ।

चैत मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै राजस्व छुट पाउने संस्थाको सूचीमा नेपाल विद्युत् प्राधिकरण अग्रणी स्थानमा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणले कुल १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको हो । त्यस्तै, ७४ करोड ६८ लाख रुपैयाँ छुट पाएको नेपाली सेना दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएको छ।

यसैबीच, चीनको झियाङसू अन्तर्राष्ट्रिय आर्थिक तथा प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख रुपैयाँ बराबरको छुट पाएको छ भने घोराही मेडिचपुर कम्पनीले २० करोड रुपैयाँ छुट पाएको अर्थ मन्त्रालयले जनाएको छ। सिनो हाइड्रो कर्पोरेसनलाई ११ करोड ३९ लाख, पुरातत्त्व विभागलाई १० करोड ७७ लाख रुपैयाँ छुट दिइएको हो ।

साथै, हाल चर्चामा रहेको धुलिखेलस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले यस अवधिमा २३ हजार रुपैयाँको राजस्व छुट पाएको विवरणमा उल्लेख छ। त्यस बाहेक छुट पाउने कम्पनी तथा संस्थाहरूमा केएसएम बसिर मोहम्मद एण्ड सन्स (रुपन्देही) सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायतका कम्पनीहरू पनि छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?