National life

सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन : गृहमन्त्री श्रेष्ठ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
528Shares
सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन : गृहमन्त्री श्रेष्ठ
ncell

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले वर्तमान सरकार रहुञ्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने जानकारी दिए ।

“कोही निर्दोष पस्ने काम हुँदैन”, उनले भने, “तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रुपमा निरन्तर अगाडि बढाउनेछ ।” उनले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“आम मिटरब्याजी पीडित जनतालाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ, गृहमन्त्री श्रेष्ठले भने, “जतिजति सुशासनको अभियान चल्दैछ र जनताको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षडयन्त्र गरिरहेका छन् ।” उहाँले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरुले राम्रोसँग बुझेको बताए ।

“सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्”, उनले भने, “यो नियम नै हो, यसकारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो तिनका संरक्षक सल्बलायो, सरकारलाई अप्ठेरो पार्यो भनेर तै चुपमै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ ।”

गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी जनताले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रुपान्तरण गर्न चाहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?