National life

सर्वोच्च अदालत जलेर ध्वस्त, सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
466Shares
सर्वोच्च अदालत जलेर ध्वस्त, सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित
ncell

काठमाडौं । जेन–जी युवाको आन्दोलन हिंस्रक बन्दै जाँदा मंगलबार साँझ देशको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालत आगलागीमा परेर पूर्णरुपमा जलेर ध्वस्त भएको छ । भवन क्षतिग्रस्त भएपछि त्यहाँ चलिरहेका सबै मुद्दाहरूको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको अदालत प्रशासनले जनाएको छ ।

आगलागी नियन्त्रणबाहिर

संसद भवन वरिपरिको घेराबन्दी तोड्दै आक्रोशित भीड सर्वोच्च अदालत परिसरसम्म पुगेपछि आगजनी भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार, सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि भीड नियन्त्रणबाहिर पुगेपछि अदालत भवनमा आगो लाग्यो ।

Royal Enfield
nic asia capital
दमकल र सुरक्षाकर्मीको सयौं प्रयासका बाबजुद भीषण आगो नियन्त्रणमा आउन नसकेपछि अदालत पूर्णरुपमा जलेको हो ।

अभिलेखालयसहित सबै नष्ट

प्रारम्भिक विवरणअनुसार, आगलागीले अदालतको अभिलेखालय, मुद्दा दर्ता प्रणाली, पुराना फैसलासहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । यससँगै हजारौं मुद्दा प्रभावित हुने देखिएको छ । “सुनुवाइ गर्ने कुनै आधार नै बाँकी नभएकाले सबै प्रक्रिया तत्काल अनिश्चितकालका लागि रोकिएको हो,” अदालत प्रशासनले जनाएको छ ।

पक्राउ र अनुसन्धान

सुरक्षाकर्मीहरूले आगजनीमा संलग्न भएको आशंका गरिएका केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ । सर्वोच्च अदालत जल्नु देशको न्याय प्रणालीमात्र होइन, राजनीतिक आन्दोलन पनि नयाँ मोडमा प्रवेश गरेको संकेत भएको कानुन विद्धहरूको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?