National life

सहकारीको रकम दुरुपयोग गरी विदेश फरार २७ जनाको खोजबिन गर्न समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
620Shares
सहकारीको रकम दुरुपयोग गरी विदेश फरार २७ जनाको खोजबिन गर्न समितिको निर्देशन
ncell

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी), भरत महर्जनसहितका २७ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापाले पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिनेबारेमा महत्त्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुत तथ्य तथ्यांकमा छलफल र प्रस्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए ।

थापाले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरूको बारेमा सरकारले खोजबिनका सन्दर्भमा के–के प्रगति हासिल भयो भनेर जानकारी लिएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?