National life

सहकारी ठगीमा ९५% कांग्रेस–एमालेका नेता संलग्न छन्ः विश्लेषक केसी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
1.2kShares
सहकारी ठगीमा ९५% कांग्रेस–एमालेका नेता संलग्न छन्ः विश्लेषक केसी
ncell

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् ।

रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरुले सहकारी १४ अर्ब घोटला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । आज रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिंस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘करिब १४ अर्बको घोटला रवि लामिछानेसम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरु तीन पार्टीहरुको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ ।,’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कृष्णबहादुर महरा, बालकृष्ण खान, टोपबहादुर रायमाझीलगायत जेल पर्दा कांग्रेस, एमाले, माओवादी कोही पनि सडकमा नआएको उनले बताए । रवि लामिछानेको पक्राउ पर्दा नेता तथा कार्यकर्ता सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए । रास्वपा रवि लामिछानेको गोजीको पार्टी रहेको उनको टिप्पणी छ ।

राज्यले भन्दा पनि रवि लामिछानेले प्रतिशोध साँधेको उनको दाबी छ । पक्राउ पर्ने बेलामा फर्किएर आएपछि यिनीहरुलाई यही हातले जेल हाल्छु भन्नु प्रतिशोधबाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ ।

लोकतन्त्रमा प्रचलित कानुनले जे भनेको हुन्छ, त्यो भोग्नका लागि सबै तयार हुनुपर्ने उनले बताए । केसीले सहकारीको हकमा अहिलेसम्म छिपछिपेमात्रै कुरा भइरहेको बताए ।

सहकारीमा जम्मा भएको रकमको पारदर्शिता नै नरहेको उनले बताए । सूर्य थापाले सहकारीमा आएको रकमको पारदर्शिता खोज्न खुट्टा कमाएको उनको आरोप छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?