National life

सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ वैशाख २०८१, शनिबार
1.1kShares
सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने तयारी
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललेले सहकारी प्रकरणमा कांग्रेसले माग गरेबमोजिम संसदीय छानबिन समिति बनाउने बताएका छन् । पार्टीको संसदीय दलको आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरण दिनानुदिन जटिल बन्दै गएकोले संसदीय छानबिन समिति बनाउनेगरि तयारी गरेको ब्रिफिङ गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने–‘सहकारीको जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ । कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विपक्षी दलसँग संवाद जारी छ, निचोड निक्लिएको छैन । केही दिनमा सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु ।’

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?