National life

सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिकका विद्यार्थीहरुलाई वितरण गर्यो स्कूल व्याग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
403Shares
सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिकका विद्यार्थीहरुलाई वितरण गर्यो स्कूल व्याग
ncell

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बालुवाटार ४, काठमाण्डौस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २८ गतेका दिन स्कुल व्याग वितरण गरेको छ।

बैंकले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कुल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो भने सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको अवस्था छ ।

 

यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?