National life

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौँ फर्कियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
573Shares
साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौँ फर्कियो
ncell

काठमाडौं । साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएकाे छ । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको हाे ।

बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि 'टिकास'मा खराबी भएपछि विमान फर्किएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो ।

काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?