National life
cg eloctronics

साताभरको समीक्षा: सुनको भाउ तोलामा १५ सयले वृद्धि , कुन दिन कति बढ्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
596Shares
साताभरको समीक्षा: सुनको भाउ तोलामा १५ सयले वृद्धि , कुन दिन कति बढ्यो ?
muktinatha bikash bank

काठमाडौँ । यस साताभरमा सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो हप्ता अर्थात् आइतबारको तुलनामा आज शुक्रवारसम्म सुन तोलामा एक हजार ५०० रुपैयाँले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको सुनको मूल्य साताको दोस्रो दिन अर्थात् सोमबारदेखि कारोबार भएको दिनसम्म बढेको पार्ईएको छ ।  सुनको मूल्य शुक्रवारसम्म बढेर प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाली बजारमा यस साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ । साताभरमा चाँदी तोलामा १५ रुपैयाँले महँगिएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ रहेको थियो । त्यसपछि, चाँदीको मूल्य सोमबार र मङ्गलवार बढेको थियो ।

everest bank

त्यसै गरी मङ्गलवार प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको चाँदीको भाउ बिहीबार भने घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा झरेको थियो । शुक्रवारका दिन भने चाँदीको भाउ बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो साता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएकोले नेपाली सुन बजारमा सुन महँगिएको हो । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मूल्य बढेको छ । यो वर्ष मूल्यले थप नयाँ उचाइ लिन सक्ने विश्लेषकहरूको अनुमान छ ।

सुरक्षित लगानी र बजारको बाहिरी शक्तिका कारण सुनको भाउ बढ्नुलाई बल मिलिरहेको छ । कमजोर अमेरिकी डलर ट्रेजरी यिल्डको गिरावटलाई पनि कारण मानिएको छ ।  शुक्रवार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक डलरले बढेर २ हजार ५५ डलर बराबरमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?