काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत सेयरधनी केबल ७ जना रहेका छन् ।
तेस्तै सबैको लघुवित्तको आधारभुत सेयरधनीमा २० जना रहेका छन् ।
यी आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ ।


































