काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
सानिमाका संस्थापक सेयर धनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा सानिमाकै अन्य संस्थापक शेयर धनीहरूले आवेदन दिन सक्नेछन्।
यसमा आज चैत ५ गते देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायण चौर नक्साल, काठमाडौँमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक शेयर धनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

































