काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका २४ जना अभिकर्ताहरु अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) २०२५ को सदस्य बन्न सफल भएका छन् ।
सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी कम्पनीका २४ जना एमडीआरटी र २ जना सीओटी र एकजना टीओटी बन्न सफल भएका हुन् ।
जसमध्ये भक्तपुर शाखा कार्यालयमा वरिष्ठ एजेन्सी म्यानेजर रुपमा कार्यरत नमिता न्यौपाने यस बर्षको लागि कम्पनीको तर्फबाट टीओटी बन्न सफल भएकी हुन् । यसअघि पनि उनी २ पटक टीओटी बनिसकेकी छिन् ।
त्यस्तै, कम्पनीको बनेपा शाखामा कार्यरत चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग र सिनियर एजेन्सी म्यानेजर रण बहादुर तामाङ सीओटी लक्ष्य प्राप्त गरेका छन् ।
































