काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो ।
यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै अधिकतम बचत तथा रक्षावरण सुविधा उपलब्ध छ । यो योजनामा भुक्तानी तरिका समेत लचिलो रहेको छ ।
पहिलो, बीमितले बीमा गर्ने बेलामा नै एकमुष्ट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । अर्को, तरिका चाहीँ बीमा अवधिभर किस्ता–किस्तामा बीमाशुल्क तिर्दै जाने हो । यसमा बीमितले त्रैमासिक, अर्धवार्षिक र वार्षिक भुक्तानीका विकल्पहरु रोज्न सक्नेछन् ।
यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ४ किसिमका सुविधा प्राप्त गर्न सक्छन् । जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण सुविधा प्राप्त गर्नेछन् । बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रीतले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ।
साथै पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम अधिकतम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ । यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी असक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पूरै मिनाहा हुनेछ ।
घातक रोग रक्षावरण सुविधा अन्तरगत बीमित कुनै घातक रोगको शिकार बनेको अवस्थामा उसले ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी पाउनेछ । जसमा विभिन्न १८ घातक रोग (क्यान्सर, मिर्गौला फेल), प्राथमिक पल्मोनरी एटेरियल हाइपरटेन्सन, मल्टिपल स्क्लेरोसिस, प्रमुख अंग प्रत्यारोपण, पक्षाघात, पार्किन्सन लगायत) समावेश छन् ।
यस बीमा योजना खरिद गर्न बीमितको उमेर कम्तिमा १८ वर्ष पुगेको हुनुपर्ने छ भने बढीमा ६० वर्ष कायम गरिएको छ । त्यस्तै बीमा अवधि न्यूनतम ७ वर्षको र अधिकतम ५२ वर्षको हुने छ ।
बीमितहरुले न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ ।
यस योजनामा बीमितहरुले बीमाअवधि समाप्ति पश्चात् बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ रूपमा पाउनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस बीमितको हकवालाले पाउनेछन् ।
नेपालमै उत्कृष्ट जीवन बीमालेख प्रदान गरिरहेको सानिमा रिलायन्सले नेपाली समाजको आवश्यकता पहिचान गरी सोहीअनुसार फरक र नयाँ किसिमका बीमालेखहरू ल्याइरहेको छ ।
































