काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयर धनीहरूको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौँमा के कति सेयर खरिद गर्ने सोको ब्यहोरा खुलाइ आवेदन दिन सकिने छ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ।
उक्त समयमा संस्थापक शेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
































