काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज शुक्रबार गत आर्थिक वर्ष २०७८/७९ को बीमालेखहरुको बोनसदर घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणको भदौ ५ गते स्वीकृत भई कम्पनीले यस अवधिसम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो ।
कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरु, मृत्यु दाबी, चुक्ता मुल्य दाबीको लागि उक्त अवधिसम्म लागु हुनेगरी बोनसदर घोषणा गरेको हो ।
सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर)मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।
त्यस्तै कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल)मा अधिकतम प्रतिहजार ४३ रुपैयाँ देखि न्युनतम ३५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।
साथै कम्पनीले त्रिपल सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।
त्यस्तै सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार ३२ रुपैयाँदेखि ४२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।
वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि २१ रुपैयाँ सम्म बोनसदर कायम गरेको छ ।



































