National life

सानिमा रिलायन्स लाईफको अध्यक्षमा रतन लाल केडिया नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ माघ २०८०, सोमबार
572Shares
सानिमा रिलायन्स लाईफको अध्यक्षमा रतन लाल केडिया नियुक्त
ncell

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।

माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

आईतबार अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?