National life

सामाजिक सञ्जाल विधेयकप्रति प्रेस सेन्टर नेपालको ध्यानाकर्षण: तत्काल फिर्ता गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ माघ २०८१, बिहिबार
568Shares
सामाजिक सञ्जाल विधेयकप्रति प्रेस सेन्टर नेपालको ध्यानाकर्षण: तत्काल फिर्ता गर्न आग्रह
ncell

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको केही प्रावधानप्रति प्रेस सेन्टर नेपालले ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘सरकारले गरेको गतिविधि र निर्णयहरु एकपछि अर्को जनआलोचनाको विषय बन्दै गइरहेको बेला हालै राष्ट्रिय सभामा दर्ता गरेको सो विधेयकमा आमजनताको जीवनको एक अभिन्न अंग बन्दै गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको छ’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको यो विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न र जनतालाई भयको वातावरण सिर्जना नगर्न प्रेस सेन्टरले माग गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माग पूरा नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?