National life

सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४४ करोड रुपैयाँ माथिको शेयर कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
567Shares
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४४ करोड रुपैयाँ माथिको शेयर कारोबार
ncell

काठमाडौं । आज शेयर बजार नेप्से ४.७५ अंकले बढेको छ । नेप्से ४.७५ अंकले बढ्दा २०५५.५३ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

चार बाहेक सबै उपसूचक राताम्मे भएको छ । होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ । यस समूहको उपसूचक ८.६५ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा कम्पनी, निर्जिवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।

त्यस्तै आज ६ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । आज तारागाँउ रिजेन्सी, ओरिन्टयल होटल्स्, कालिन्चोक दर्शन, बिपिडब्लु लघुवित्त, सिटी होटल र हिमालयन लाइफको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?