National life

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.3kShares
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्। साधारणसभा र बुक क्लोज मितिबारे जानकारी भने कम्पनीले पछि सार्वजनिक गर्ने जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा मुनाफाबाट सेयरधनीलाई प्रतिफल प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?