National life

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा २९.३४% ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०६ फागुन २०८२, बुधबार
1.5kShares
साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा २९.३४% ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म आइपुग्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बढ्दो खर्चबीच पनि आफ्नो नाफा बढाउन सकेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको ३ करोड ५३ लाख रुपैयाँको तुलनामा करिब २९.३४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको व्यापार विस्तार उल्लेखनीय देखिएको छ। दोस्रो त्रैमासिकसम्म कुल बिक्री आम्दानी ६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ४०.०१ प्रतिशतले वृद्धि हो। साथै, अन्य स्रोतबाट २२ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ।

यद्यपि आम्दानी बढेसँगै खर्चतर्फ पनि उल्लेख्य वृद्धि भएको छ। कर्मचारीतर्फको खर्च १५ करोड ९९ लाख रुपैयाँबाट बढेर २१ करोड २९ लाख रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ७ करोड ६० लाख रुपैयाँबाट ९ करोड ४४ लाख रुपैयाँमा पुगेको छ। कम्पनीले तिर्नुपर्ने ब्याज खर्च ४१ करोड ४७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ह्रासकट्टी खर्च ६० लाख ७७ हजार रुपैयाँबाट बढेर ६९ लाख १० हजार रुपैयाँ पुगेको छ।

कम्पनीको जगेडा तथा मुनाफा कोष भने १ अर्ब ३६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,९२६.७१ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २१५.७८ गुणा कायम भएको विवरणमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?