काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले खुद नाफा सामान्य घटेको छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब २९ करोड रुपियाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २.०८ प्रतिशतले घटेको हो ।
त्यस्तै, चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७२ करोड रुपियाँबाट बढेर ६ अर्ब ३६ करोड रुपियाँ र कुल सञ्चालन आम्दानी ७ अर्ब ५ करोड रुपियाँबाट १५.१३ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुगेको देखिएको छ ।
चौथो त्रैमाससम्म बैंकले १ खर्ब ६८ अर्ब ९५ करोड रुपियाँ कर्जा प्रवाह गर्दा २ खर्ब ११ अर्ब ३१ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५५.४२ रुपियाँ रहेको छ ।
त्यस्तै बैंकको सञ्चालन नाफा पनि २ अर्ब ४ करोड रुपियाँबाट घटेर २ अर्ब रुपियाँमा झरेको छ । योसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९.३० रुपियाँबाट घटेर ८.७६ रुपियाँमा झरेको छ। १४ अर्ब ७६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८७ करोड ९३ लाख रुपियाँ सञ्चित रहेको छ ।

































