National life

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई २ लाख रुपैयाँ सहयोग 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
478Shares
सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई २ लाख रुपैयाँ सहयोग 
ncell
काठमाडौं । विगत १७ वर्षदेखि ग्राहकहरुलाई घरदैलोमा बैंकिङ्ग सेवा  पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको छ । सोही सहयोग अन्तर्गत बैकले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख रुपैयाँ प्रदान गरेको हो ।
Royal Enfield
nic asia capital
बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउँदैछ । सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबी लाईफ होममा रहेका २७ जना एच .आई. भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए । विशेष गरी विपन्न समुदायमा जन्मेका एच. आई. भी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुदाँ संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच दुई लाख रुपैयाँको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरिएको हो ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १ सय ९० शाखा, १ सय ५३ एटिएम र ९८ शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकमहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल ले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?