National life

सिटिजन्स बैंकले पुर्नकर्जा र प्रावधिक सहयोगको लागि ५७ करोड पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० जेठ २०८०, बुधबार
1.5kShares
सिटिजन्स बैंकले पुर्नकर्जा र प्रावधिक सहयोगको लागि ५७ करोड पाउने
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, जर्मनको केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि उक्त सम्झौता भएको हो ।

‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुलर एण्ड सेमी अर्वान एरिया–एमएसएमई फाइनान्स फेज ३ (एसइडिआरआइ) अन्र्तगत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग पाउने बैंकले जनाएको छ । यस बैंकलाई केएफडब्लू डेभलपमेण्ट बैंकले एसइडिआरआइ ३ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्येबाट चयन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत केएफडब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक सँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले उक्त शिर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । यस मध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ ।

यस कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पुयाएको विश्वास बैंकले लिएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५ हजार ४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाहगरी सकेको छ ।

बैंकले उक्त परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?