National life
cg eloctronics

सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब माथि, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
584Shares
सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब माथि, अन्य सूचक कस्ता ?
muktinatha bikash bank

काठमाडौँ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड ६८ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.०९ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब १६ करोड ११ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकको पुस मसान्तसम्ममा खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ३८ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको नाफा १ अर्ब ६५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ३० करोड ४५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

everest bank

१४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ९६ करोड ८० लाख ८९ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब २१ अर्ब ७ करोड ८२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा भने थोरैले मात्र बढेको छ। यस अवधिमा बैंकको खराव कर्जा २.८७ प्रतिशतबाट २.५६ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १६ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?