काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ ।
कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा आएको छ ।
उक्त हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ ।
यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
































