National life

सिन्धुलीमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
1KShares
सिन्धुलीमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ
ncell

काठमाडौँ। सिन्धुलीमा स्रोत नखुलेको ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँचका क्रममा ५७ हजार डलर (नेपाली रुपैयाँ करिब ८२ लाख) सहित युवराज नेवारलाई पक्राउ गरेको हो ।

सिन्धुलीमा हिजो बेलुका नेपाल एसबिआई बैंकबाट लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको थियो। त्यसै क्रममा जाँच गर्दा अमेरिकी डलरसहित उनी पक्राउ परेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारीसाधन चेक गर्ने क्रममा डलर भेटिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार डलर फेला परेको हो ।

निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?