National life

सिबिफिनको अपील : शान्त, समुन्नत र सुशासित नेपालतर्फ अघि बढौं

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
350Shares
सिबिफिनको अपील : शान्त, समुन्नत र सुशासित नेपालतर्फ अघि बढौं
ncell

काठमाडौं । सुशासनका लागि युवापुस्ताको आह्वानमा भएको “जेन–जी” आन्दोलनपछि मुलुक विस्तारै सामान्यतर्फ फर्किरहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जनाएको छ। आन्दोलनले अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरण पाएको सिबिफिनले प्रेस विज्ञप्तिमार्फत स्पष्ट पारेको हो।

विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरु र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरिएको छ।

Royal Enfield
nic asia capital

सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, निजी तथा सरकारी सम्पत्तिमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै पनि यसले सुशासनयुक्त नयाँ नेपाल निर्माणको सन्देश दिएको उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्थाहरु युवा पुस्ताको आकांक्षालाई प्रतिनिधित्व गर्दै नवगठित सरकारसँग हातेमालो गर्न तत्पर रहने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

नवगठित सरकारसँग शान्ति, सुरक्षा र अनुकूल वातावरण बनाएर निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह जगाउने अपेक्षा गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थामा क्षति पुर्‍याउने तत्वविरुद्ध सजग रहन सबैलाई आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
350SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?