National life

सीके राउतको चेतावनी : जेनजी आन्दोलन दुरुपयोग भए देश १० वर्ष अनिर्णय र अस्थिरतामा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1.1kShares
सीके राउतको चेतावनी : जेनजी आन्दोलन दुरुपयोग भए देश १० वर्ष अनिर्णय र अस्थिरतामा
ncell

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्ने प्रयास भइरहेको भन्दै सचेत गराएका छन्। उनले सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गर्नुपर्ने बताएका छन्।

Royal Enfield
nic asia capital

राउतका अनुसार राज्यका महत्वपूर्ण अंगहरू जलाउने, संविधान खारेज गर्ने वा संसद् भंग गरेर रिक्तता र अवैधता सिर्जना गर्नु देशका लागि दुर्भाग्यपूर्ण हुनेछ। उनले त्यस्तो अवस्था आयो भने देश नै नरहने वा कठपुतलीमार्फत अरूको हातमा जाने पृष्ठभूमि बन्न सक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आन्दोलन दुरुपयोग गर्न पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न सक्ने बताएका छन्।

राउतले गणतन्त्र ठूलो बलिदानपछि आएको प्रणाली भएकाले संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न सबै तयारी रहनुपर्ने बताए। उनले संविधान संशोधन आवश्यक भए पनि अर्को निर्वाचन नभएसम्म संसद् कायम राखेर वैध निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

‘संविधान र संसद् भंग गर्नु भयो भने अर्को दशक तपाईंहरू संविधान बनाउनमै अल्झिनु हुनेछ,’ उनले जेनजी पुस्तालाई चेतावनी दिँदै भने, ‘त्यसैले अन्तरिम सरकार बनाएर हालको संसद्लाई कायम राख्दै निर्वाचन गराउनुपर्छ।’

उनले आन्दोलनपछिको अवस्थामा निर्णय कुनै निश्चित जाति वा समूहको नभई देशका सबै वर्ग र समुदायले अपनत्व लिने गरी हुनुपर्नेमा पनि जोड दिएका छन्।














यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?