काठमाडौँ । सुनको मूल्य दैनिक रूपमा बढ्नेक्रमले आज पनि निरन्तरता पाएको छ । आज पनि तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४८० रुपैयाँमा कारोबार हुने भएको छ ।































