National life

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा २ लाख १७ हजार नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
1.1kShares
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा २ लाख १७ हजार नाघ्यो
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढ्दै दुई लाख १७ हजार १०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि भदौ ३१ गते पनि सुन यही मूल्यमा कारोबार भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र मागले नेपाली बजारमा समेत सुनको भाउ उच्चस्तरमा पुग्न योगदान गरेको महासंघले जनाएको छ।

Royal Enfield
nic asia capital

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलामा २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यमा देखिएको यो निरन्तर वृद्धि लगानीकर्ताका लागि आकर्षक भए तापनि सामान्य उपभोक्ताको क्रयशक्ति कमजोर बनाउने कारक बन्दै गएको विश्लेषकहरुको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?