National life

सुनको मूल्य आजसम्मकै उच्च विन्दुमा : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
1.1kShares
सुनको मूल्य आजसम्मकै उच्च विन्दुमा : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला २,१७,८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

गत आइतबार सुनको मूल्य प्रतितोला २,१७,१०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य ७०० रुपैयाँले वृद्धि भएको हो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ।

Royal Enfield
nic asia capital
आज चाँदी प्रतितोला २,६५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रतिऔंस ३,६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसले विश्व बजारसँगै नेपाली बजारमा पनि मूल्य वृद्धिलाई  सघाउ पुगेको हो ।

विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिले नेपालमा स्थानीय मूल्यलाई पनि असर पारेको छ। आर्थिक अस्थिरता, मुद्रास्फीति, र लगानीकर्ताको सुनतर्फ आकर्षण बढ्नुले मूल्य वृद्धिमा योगदान पुर्याएको जानकारहरुको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?