काठमाडौँ। आज बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवारका दिन सुनको मूल्य तोलामा एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।






























