काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य लगातार उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिन मंगलवारकै स्तरमा स्थिर रहेको हो ।
यसअघि केही दिनयता सुनको मूल्य निरन्तर वृद्धि हुँदै उच्चतम बिन्दुमा पुगेको थियो ।
सुनको मूल्य उच्च बिन्दुमा पुगेपछि खुद्रा बजारमा कारोबार सामान्य रहेको व्यवसायीहरूले बताएका छन् । त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । मंगलवार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २ हजार ५०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव, कच्चा तेलको मूल्य, भू–राजनीतिक तनाव तथा लगानीकर्ताको आकर्षणजस्ता कारणले सुन–चाँदीको मूल्य प्रभावित हुने गरेको व्यवसायीहरू बताउँछन् ।
नेपालमा सुन–चाँदीको दैनिक मूल्य निर्धारण महासंघमार्फत् गरिन्छ, जसलाई अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर तथा स्थानीय माग आपूर्तिका आधारमा तोकिएको हुन्छ ।































