काठमाडौँ । बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सुन सोमवार प्रतितोला १ लाख १८ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

































