काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन अर्थात बुधबारको मूल्यमामा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीकाे मूल्य भने ५ रूपैयाँले घटेकाे छ ।
बुधबार प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३८५ रुपैयाँमा कायम भएको छ ।





































