काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक रूपमा नयाँ नयाँ रेकर्ड कायम गरेको छ। जस अनुसार आज सहित लगातार चौथो दिन कीर्तिमानी उचाइमा सुनको मूल्य पुगेको छ ।
आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ६ सय रुपैयाँले उकालो लागेको छ । लगातार बढेको सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो मूल्य हालसम्मकै उच्च हो।
अघिल्लो दिन पनि सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।































