काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले फेरि अर्को नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन तीन हजार ९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य आजसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर दुई हजार ६८० रुपैयाँ पुगको महासंघले जनाएको छ । पछिल्लो केहि दिन यता सुनचाँदीको मूल्यमा दैनिक रुपमा बृद्धि भएको छ ।
































