काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९ सय रूपैयाँले घटेको हो।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रूपैयाँ कायम भएको थियो । तर,९ सय रूपैयाँले घटेर २ लाख १५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ५५० रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर २ हजार ५२० रूपैयाँ कायम भएको छ।
































