National life

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
805Shares
सुरक्षण मुद्रण केन्द्रका तत्कालिन निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

घिमिरेका अनुसार, ४० करोड बढी बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो भने सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी गरिएको सूचना प्राप्त भएको हो।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामै रहेको छ।

Royal Enfield
nic asia capital

 

 

यो समाचार शेयर गर्नुहोस्
805SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?