National life

सेयर जारी गर्न क्रेष्ट माइक्रो लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
611Shares
सेयर जारी गर्न  क्रेष्ट माइक्रो लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति
ncell

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ।

बोर्डले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासनका लागि माघ ३ गते अनुमति दिएको हो । कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा संयुक्त लगानीकर्ताहरूमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरूको संस्थापक लगानी ७०५ रहेको छ र यस सार्वजनिक निष्कासन पश्चात् सर्वसाधारण लगानीकर्ताहरूको लगानी ३० प्रतिशत रहनेछ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेडले  रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?